दुप्चेश्वर जात्राको आवश्यक तयारी अन्तिम चरणमा

मंसिर २३, २०८१ 2024-12-08 मा प्रकाशित
Published at 2024-12-08

299 views

त्रिशूली । धान्यपूर्णिमाको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने जात्राको आवश्यक तयारी पूरा गरिएको छ । मेलालाई मध्यनजर गर्दै दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष एवं दुप्चेस्वर गाउँपालिकाको अध्यक्ष शंकर बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले मेला सञ्चालनको लागी आवश्यक तयारी स्वरुप विभिन्न उपसमितिहरु गठन गर्दै तयारी अन्तिम चरणमा पुराइएको हो ।

दुप्चेश्वर क्षेत्र विकास कोषको बैठकले मेलालाइ सहज बनाउन विभिन्न समिति निर्माण गरेर सोही अनुसार दिइएको जिम्मेवारी पूरा गर्न लागिएको अध्यक्ष शंकर बहादुर थापाले जानकारी दिनुभएको छ । उहाँको अनुसार पार्किङ ब्यबस्थापन सहज बनाउन वडा ६ का अध्यक्ष किशोर आचार्यको संयोजकत्वमा पार्किङ ब्यबस्थापन समिती गठन गरिएको छ ।

यस्तै, स्वयंसेवक परिचालन र प्रचारप्रसार समितिकोको जिम्मेवारी कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा समिति निर्माण गरिएको छ ।
कोषको सदस्य सानुबाबू बिश्वकर्माको संयोजकत्वमा बजार ब्यबस्थापन समिति निर्माण गरिएको छ । वडा नं ७ नं अध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा भेटी ब्यबस्थापन समिती निर्माण गरिएको छ । यस्तै, वडा नं ५ का अध्यक्ष मइत बहादुर तामाङको संयोजकत्वमा मेस समिती निर्माण गरिएको छ ।

जात्रा व्यवस्थापनको लागी आइतबार नुवाकोटका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सुरक्षा समितिको बैठक बस्ने र सुरक्षा व्यावस्थापनका लागी स्थानीय सरकार, नुवाकोट प्रशासनबीच राणनीति तयार गरेर जात्रालाई शान्ति सुरक्षाको दृष्टिकोणबाट भरपर्दो बनाउन लागिएको छ । दुप्चेश्वर मेला भब्य शान्त र सभ्य बनाउन सबै भक्तजन महानुभावहरुमा पनि अपिल गरिएको छ ।

दुप्चेश्वर क्षेत्र विकास कोषले जात्रा व्यवस्थापनको लागी गठन गरेको विभिन्न समिति तथा उपसमितिको मुख्य कमाण्ड भने गाउँपालिका अध्यक्ष शंकर बहादुर थापा उपाध्यक्ष माकुरी तामाङ एवम् दुप्चेश्वर गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्ण देबकोटाले गर्ने उल्लेख गरिएको छ ।

धान्यपूर्णिमाको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने जात्रा मुख्य दिन २९ र ३० गते यो वर्ष दुई दिन परेको छ । तर, देशको विभिन्न स्थानबाट दर्शनगर्न आउने भक्तजनहरु अहिलेदेखि नै आउन थालेको र केही दिन अघि देखि नै उत्साह जाग्ने गरेको छ ।

-रामहरि न्यौपाने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.