नेपालमा ३ विषादी प्रतिबन्ध

मंसिर २१, २०८१ मा प्रकाशित | 208 views


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३ वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै २ कीटनाशक र एउटा झारपातनाशक विषादी प्रतिबन्ध लगाएको हो ।

सूचना अनुसार ‘पाराक्वाट/पाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको हो । यस्तै ‘क्लोरोपाइरिफस’ र ‘फोरेट’ नामक किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको हो ।

जीवनाशक विषादी व्यवस्थापन समितिले २५ असारमा पाराक्वाट/पाराडाइक्लोराइड झारपातनाशक विषादी र क्लोरोपाइरिफस कीटनाशक विषादी प्रतिबन्ध गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । यस्तै फोरेट कीटनाशक विषादी ३० कात्तिकमा प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो

यी विषादी अब उत्पादन, संश्लेषण, निकासी र पैठारीमा प्रतिबन्ध हुनेछ । मन्त्रालयका अनुसार सूचना प्रकाशन हुनुअघि नेपालमा पैठारी भएका विषादी खपत गर्न दुई वर्षको समयावधि तोकिएको छ ।

कृषि मन्त्रालयले जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web