जथाभावी बाटो काटे प्रहरी फन्दामा

साउन ९, २०७३ मा प्रकाशित | 819 views

९ साउन, काठमाडौं ।
ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने बटुवालाई केहीबेर  नियन्त्रणमा लिने योजना बनाएको छ । सडक प्रयोगकर्तामा देखिएको लापरबाहीले  हुने दुर्घटना न्यूनीकरण गर्न आजबाट लागू हुने गरी पदैलयात्रीलाई केन्द्रित गरी नयाँ योजना बनाइएको ट्राफिक प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्टमा समाचार छ।

महानगरीय ट्राफिक प्रहरी महाशााखाले उपत्यका केन्द्रित गरि पदैलयात्रीको सुरक्षाका लागि जेब्राक्रसबाट बाटो काट्ने  र जेब्राक्रसलाई  नटेर्ने चालकमाथि साताव्यापी कार्यक्रम गर्न लागेको हो ।

सडकमा जेब्राक्रस मेटिनु र पैदलयात्रीले बाटो काट्न खोज्दा चालकले गर्ने व्यवहारप्रति गुनासो बढेपछि महाशाखाले साताव्यापी कार्यक्रम गर्न लागेको हो । केही घटनामा पैदलयात्रीले र धेरैमा सवारी चालकले  सडक अनुशासन उल्लंघन गरेको विश्लेषण महाशाखाको छ ।

महाशाखाका अनुसार उपत्यकामा ठूलासाना गरी दैनिक ३६ वटा सवारी दुर्घटना हुँदै आएका छन् ।  पदैलयात्रीको  लापरबाहीबाट औसतमा १५ दिनमा ११ वटा दुर्घटना हुने गरेका छन् ।

जेब्राक्रसिङबाट बाटो काट्दा चालकले किचौँलाझैँ गरेको गुनासो बढेपछि निगरानी गरी कारबाही अभियान चलाइएको महाशाखाका प्रमुख डीआईजी प्रकाश अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web