सुत्केरीलाई ‘पोषण प्याकेज’ लिएर विदुरका जनप्रतिनिधि र कर्मचारी घरदैलोमा

मंसिर १५, २०८१ मा प्रकाशित | 351 views


त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले घरमा गराउने सुत्केरीलाई शुन्यमा ल्याउदै जन्म दर्ता अभियान सफल बनाउन ‘सुनौलो हजार दिने आमालाई पोषण विशेष कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले गर्भवती अबस्थामा स्वास्थ्य सँस्थामा जाँच गराई बर्थिङ सेन्टर (प्रसुती गृह)मा सुत्केरी गराउन र बच्चा जन्मेको पैतिस दिनभित्र जन्म दर्ता गराउन उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

उपप्रमुख प्रभा बोगटीको अनुसार सुत्केरीलाई ‘पोषण विशेष कार्यक्रम’ मार्फत पोषण राहत प्याकेज उपलब्ध गराई पोषण र सरसफाईको महत्व बुझाउन थालिएको छ । उक्त सेवा लिन बच्चाको जन्मदर्ता अनिवार्य गराई घटना दर्ता अभियानसंग सम्बद्ध गरिएको छ ।

प्रसुती गृहमा सुत्केरी गराई बच्चा जन्मेको पैतिस दिनभित्र जन्म दर्ता गराउनेलाई ‘पोषण प्याकेज’ प्रदान गर्न जनप्रतिनिधि र कर्मचारी उनीहरुको घर दैलोमा नै तथा नजिकैको स्वास्थ्य सँस्थामा जान थालिएको हो ।

गर्भवती र सुत्केरी समयमा पोषण सहितको सरसफाईको सावधानी एवम् सचेतना समेत जगाउन पोषण प्याकेज लिएर घरवस्तीमा जान थालिएको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिनुभयो । उहाँको अनुसार सुत्केरी हुने अबस्थामा हुनसक्ने जोखिम न्यूनिकरण, नियमति गर्भवती जाँच र सुत्केरीको स्याहारमा सहयोग पु-याउन नगद र राहत प्याकेज कार्यक्रम एकैसाथ सञ्चालनमा ल्याइएको छ ।

“गर्भवती अवस्थामा स्वास्थ्य सँस्थामा नियमित जाँच गराई बर्थिङ सेन्टरमा सुत्केरी गराएमा ‘सुत्केरी स्याहार खर्च’ बापत रु तीन हजार नगद प्राप्त गर्नेछन ।” उहाँले भन्नुभयो “बच्चा जन्मेको ३५ दिनभित्र जन्म दर्ता गराएमा उनीहरुको पायक पर्ने नजिकैको स्वास्थ्य सँस्थामा पुगेर ‘सुत्केरी पोषण प्याकेज’ प्रदान गरिने छ ।”

उक्त प्याकेजमा सुत्केरी अबस्थामा पोषणको लागी चाहिने, घ्यू, नरिवल, छोगडा बदम, दाल, गुद, ठूलो औषधि सहित सरसफाईसंग सम्बन्धित सामाग्रि समावेश गरेर सुत्केरी भेट्न जनप्रतिनिधि र कर्मचारी उनीहरुको घर दैलो नजिक पर्ने स्वास्थ्य सँस्थामा जान सुरु गरेको हो ।

यस अभियान बार्षिक दुई पटक मंसिर र जेठमा राखिएको हुदाँ गर्भवती र सुत्केरीले जनप्रतिनिधिसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम मिलाइएको छ ।

पोषण प्याकेज लिएर स्वास्थ्यकर्मीको टिमसंग नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल सहित सम्बन्धित वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्यहरुले सुत्केरीसंग प्रत्यक्ष साक्षात्कार गर्ने, उनीहरुको गुनासो सुन्ने र सुझाब संकलन गर्ने अवसरको रुपमा नगरले लिएको छ ।

कार्यक्रमसंग सम्बन्धित विभिन्न स्थानको थप तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web