कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह

मंसिर १२, २०८१ मा प्रकाशित | 179 views


काठमाडौँ । निर्वाचन आयोगले पालिकाको उपचुनावमा सबै कर्मचारीलाई मतदानका दिन विशेष बिदा वा अन्य वैकल्पिक उपाय अपनाइ मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

आयोगको हिजोको बैठकले पालिकामा मतदाताको सहभागिता बढाई सहज मतदानको वातावरण बनाउन उपचुनाव हुने सम्बन्धित वडामा नाम समावेश भएका सरकारी पदाधिकारी तथा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारलाई लेखी पठाउने निर्णय गरेको हो ।

पालिकाको रिक्त पदको लागि यही आउँदो १६ गते आइतवार उपचुनाव हुँदैछ । यसअघि आयोगले उपचुनाव हुने पालिका र वडाहरुमा १६ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सबै निकायलाई आह्वान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web