सप्तरीमा १७ क्विन्टल गाँजा बरामद

मंसिर ४, २०८१ मा प्रकाशित | 151 views


काठमाडौँ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४ बाट प्रहरीले १७ क्विन्टल १७ किलो गाँजा बरामद गरेको छ । बालुवा र गिट्टीले छोपर टिपरमा भारततर्फ लैजाँदै गरेकाे अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।

प्रहरीले गाँजासहित एक जना तस्करलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

पछिल्लो समय सप्तरीको विभिन्न सीमावर्ती नाकाहरूमा गाँजा तस्करी फस्टाएकाे स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web