<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन ८ । अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय पक्षले दसगजा नजिकै एकतर्फी रुपमा बनाएको बाँध तथा उच्च सडकका कारण नेपालका रुपन्देही र कपिलबस्तुको सीमावर्ती भूमि डुबानमा परेको छ । </span><span style="line-height: 1.42857143;">सीमानजिकै भारतले बनाएको बाँध तथा सडकले पानी रोकिँदा नेपालतर्फको हजारौं हेक्टर भूमि जलमग्न भएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।</span></p><p>भारतले सीमा सडक निर्माण योजना अन्तर्गत विगत १५ वर्षदेखि दसगजा नजिकै सडक विस्तार गर्दै सडक उच्च र पक्की बनाई पानी निकास रोकिँदा डुबानको समस्या आएको डुवान प्रभावित क्षेत्रका स्थानीय मोहम्मद फारुद खाँले गुनासो गरे । बाँधेको फाँटक पूर्णरुपमा नखोल्दा सडकमा राखिएका कल्भर्ट सानो र जमिनदेखि चारफुट माथि राख्दा सीमावर्ती हजारौं खेतीयोग्य जीवन डुबानमा पर्दा धान रोपाइँ गर्नबाट बञ्चित भएको नेपाल किसान संघका केन्द्रीय सदस्य चतुर्भूजमणि त्रिपाठीले जानकारी दिए ।</p>
17.75¡ÆC