कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

मंसिर १, २०८१ मा प्रकाशित | 194 views


काठमाडौँ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । देशभर पश्चिमी वायु र पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहँदा केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराई भू–भागका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ ।

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web