आन्तरिक पर्यटन प्रर्बद्धनमा आएका ‘बाइक राइडर्स’लाई नगरप्रमुख राजन श्रेष्ठबाट स्वागत

कार्तिक ३०, २०८१ मा प्रकाशित | 278 views


विदुर । ‘मेरो अटो’को संयोजनमा आन्तरिक पर्यटन प्रबद्वर्न गर्न आएका ‘बाइक राइडर्स’लाई विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले स्वागत गर्नुभएको छ ।
‘काठमाडौं–नुवाकोट–रसुवा बाइक राइडर्स’ मा रहेका ४२ सदस्य राइडर्सलाई शुक्रबार विदुर नगरपालिकाको कार्यलय विदुरमा नगरप्रमुख राजन श्रेष्ठले फूलमाला लगाई स्वागत गर्नुभएको हो । उहाँले विदुर नगरपालिका सहित नुवाकोटमा रहेका मुख्य मुख्य धार्मिक एंव पर्यटकीय क्षेत्रको भ्रमणको लागी आग्रह गर्नुभयो ।

नगरप्रमुख श्रेष्ठले नुवाकोटको विदुर–२ नुवाकोट देशकै राजधानीको रुपमा रहेको ऐतिहासिक स्थल सहित त्यहाँ पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको साततले दरबार, दरबार परिसरमा भैरवी, तुलजा भवानीको मन्दिर, स्वयम्भु विहार रहेको, पृथ्वीनारायण शाहको देहबासन भएको स्थान देवीघाट र उहाँको स्मृतिमा बनाइएको स्मारक क्षेत्र, नेपाल–भोट युद्धको क्रममा नेपाली वीरयोद्धाले बनाएको सूर्यगढी, दुधेगढी लगायतका ऐतिहासिक गढीस्थल, उत्तरगयाधाम–वेत्रावती, भैरमकोट, बेलकोट लगायतका कोटहरु, चिम्टेश्वर, दुप्चेश्वर लगायतका पवित्रस्थल शिव मन्दिर लगायतका धार्मिक, पर्यटकीय क्षेत्रको भ्रमण गरेर इतिहास र सँस्कृति सम्बन्धि जानकारी हासिल गर्दै आन्तरिक पर्यटनको प्रबद्र्धन गर्न भ्रमण टोलीको सदस्यलाई आग्रह गर्नुभयो ।

भ्रमण टोलीको अगुवाई गर्दै आउनुभएका सागर गजुरेल (स्थायी ठेगाना बेलकोट, हाल काठमाडौ)ल अहिलेको यात्रा काठमाडौबाट नुवाकोट हुदै रसुवाको ब्राबलसम्म भएकाले अर्को पटक छिट्टै नुवाकोटको भ्रमणको लागी ‘बाइक राइडर्स’ टोली आउने योजना बनाइएको जानकारी दिनुभयो ।

काठमाडौबाट शुक्रबार निस्केको ‘बाइक राइडर्स’टोली साँझ रसुवा पुगेको छ । टोलीमा आन्तरिक पर्यटनको लागी प्रबद्र्धन गर्दै आएका ब्यावसायी, बैकर्स लगायतमा आबद्ध युवाहरु संलग्न रहेका छन् ।

कार्यक्रमसंग सम्बन्धित थप तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web