दार्चुलामा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु

कार्तिक ३०, २०८१ मा प्रकाशित | 232 views


काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ मा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। पाँचजना घाइते छन् ।

शैल्यशिखर-९ नक्तडका ४५ दिलीप विष्ट, लेकम गाउँपालिकाकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावलको मृत्यु भएको प्रहरी छत्रबहादुर निरीक्षक रावतले जानकारी दिए । प्रहरीका अनुसार रावलद्वय श्रीमान्-श्रीमती हुन् । यस्तै नक्तडका ४५ दिलीप विष्ट र ४० वर्षीया मीना लेखकको पनि मृत्यु भएको छ । बैतडीको डिलासैनी गाउँपालिका-५ का ५० वर्षिय वीरेन्द्र बोहरा र १६ वर्षीया सुजित बोहराको ज्यान गएको छ ।

ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक छन् । भारत विजनोर मोभारपुरका ४५ वर्षीय मोहम्मद सकिर र १८ वर्षीय मोहम्मद बसिलको मृत्यु भएको प्रहरी निरीक्षक रावतले जानकारी दिए ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना भएको थियो ।

घाइतेमध्ये चालक दार्चुला शैल्यशिखरका ३० वर्षीय सुनिल जोशीको अवस्था गम्भीर छ । गोकुलेश्वर अस्पतालमा तीनजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य छ । एक जना भने उपचारपश्चात डिस्चार्ज भएका छन् । जीपमा १३ जना सवार थिए ।

स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web