डेडिकेटेड र ट्रङक लाइनको बक्यौता १५ दिनभित्र बुझाउन प्राधिकरणको अनुरोध

कार्तिक २९, २०८१ मा प्रकाशित | 296 views

डेडिकेटेड र ट्रङक लाइनको बक्यौता १५ दिनभित्र बुझाउन प्राधिकरणको अनुरोध

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङक लाइनबाट विद्युत लिएका उपभोक्तालाई १५ दिनभित्र बक्यौता महसूल बुझाउन अनुरोध गरेको छ ।

गएको आइतवार बसेको मन्त्रिपरिषद्को बैठक र मङ्गलवार बसेको प्राधिकरणको सञ्चालन समितिको बैठकले बक्यौता महसूल १५ दिनभित्र असुलउपर गर्ने निर्णय गरेको थियो ।

निर्णयअनुसार वितरण केन्द्रबाट सम्बन्धीत उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टू, टी थ्री टाइम इन्टरभल मा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको बिल छुट दिएको छ ।

बिलअनुसार बक्यौता महसूल १५ दिनभित्र अर्थात् आउँदो मङ्सिर १२ गतेभित्र सम्बन्धीत वितरण केन्द्रमा बुझाउन प्राधिकरणले आज सूचना निकालेर अनुरोध गरेको छ ।

तोकिएको समयमा बक्यौता महसूल भुक्तनी नभएमा नियमअनुसारको प्रकृया अगाडी बढाउने प्राधिकरणले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web