रवि लामिछानेलाई प्रहरीले भोलि रुपन्देही लैजाने

कार्तिक २६, २०८१ मा प्रकाशित | 321 views

रवि लामिछानेलाई प्रहरीले भोलि रुपन्देही लैजाने

काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराध कसूरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले भोलि रुपन्देही लैजाने भएको छ ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न हिजो जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

रुपन्देही जिल्ला अदालतले बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालीमा लगेर खर्च गरेको कसूरमा अनुसन्धान गर्न लामिछाने, जीबी राईसहित १२ जनालाई पक्राउ गर्न कात्तिक ८ गते अनुमति दिएको थियो ।

बुटवलमा रहेको सुप्रिम सहकारीबाट दुई करोड रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्क प्रालीमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web