अध्यक्ष शिव अधिकारी अविरलद्वारा पाल्छेङ्बा गङ छ्योर्तेन उद्घाटन

कार्तिक २६, २०८१ मा प्रकाशित | 380 views


तारकेश्वर । तारकेश्वर गाउँपालिकाकै उच्च स्थान वडा नं. १ को जन्तरे चुलीमा अवस्थित तामाङ समुदायको पवित्र र शक्तिशाली धार्मिक स्थल पाल्छेङ्बा गङमा गाउँपालिकाको आर्थिक सहयोगमा निर्मित छ्योर्तेनको हिजो गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले उद्घाटन भएको छ ।

छ्योर्तेन उद्घाटन गर्दै अध्यक्ष अधिकारीले तामाङहरुको धार्मिक र सांस्किृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारको सदैव सहयोग रहने बताउनुभयो ।

नुवाकोट जिल्लाका १० वटा स्थानीय तहका अधिकांश भू–भागसँगै धादिङ जिल्लाका भू–भाग समेत देखिने र हिमालहरुको दृश्यावलोकन गर्न सकिने यो रमणीय ठाउँलाई पर्यटकीय हबका रुपमा समेत विकास गर्न सकिने बताउँदै अध्यक्ष अधिकारीले त्यसका लागि सम्भाव्यता अध्ययन गरी आगामी वर्षहरुमा कार्यक्रमहरु ल्याउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web