सरकार परिवर्तन राजनीतिक स्थिरताविरुद्धको षड्यन्त्र – प्रम ओली

साउन ७, २०७३ मा प्रकाशित
Published at 2016-07-22

561 views
<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नेपालको राजनीतिक स्थिरताविरुद्धको ठूलो षड्यन्त्र भएको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको ३८औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा चुनाव हुन नदिने उद्देश्यले विभिन्न शक्तिले सरकार परिवर्तनमा भूमिका खेलेको बताउनुभयो । &nbsp;</span><span style="line-height: 1.42857143;">उहाँले देश जनप्रतिनिधिविहीन बनाउन निर्वाचनका लागि आवश्यक पर्ने ऐन निर्माण काममा प्रतिपक्षलगायत दलले अवरोध गरेको बताउनुभयो ।&nbsp;</span></p><p>प्रधानमन्त्री ओलीले पुष्पलालले धेरै पहिले रोपेको बीउ अहिले विश्वव्यापी रुपमा फैलिएको र उहाँको विचारलाई जननेता मदन भण्डारीले समयसापेक्ष बहुदलीय जनवादमा परिमार्जित गरी देशमा जनजीविका, सामाजिक न्याय र समानता कायम गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । अहिलेसम्म प्राप्त भएका उपलब्धिलाई स्थापित गर्न पार्टीले सशक्त भूमिका खेल्ने बताउँदै उहाँले अहिले एक प्रकारको चक्रब्यूहमा परे पनि पराजित नहुने बताउनुभयो । माओवादीले देश तथा जनतालाई धोका दिएको छ केही समयमा नै उसले पश्चाताप गर्ने प्रधानमन्त्री ओलीले बताउनु भयो ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.