‘पूर्ण बहादुरको सारङ्गी’ जगदम्बा चलचित्र मन्दिर बट्टारमा

कार्तिक २२, २०८१ मा प्रकाशित | 1277 views


बट्टार । नुवाकोटमा चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन हुन लागिरहेको छ । जगदम्बा चलचित्र मन्दिर बट्टारमा कार्तिक २३ गतेदेखि चलचित्र‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा ल्याउन लागिएको हो ।

उक्त हलमा दैनिक चारवटा शो हेर्न सकिने जगदम्बा चलचित्र मन्दिर बट्टारका सञ्चालक राजेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार हलमा बिहान ८ : १५, मध्यान्ह १२ : ००, अपरान्ह ३ : ३० र साँझ ६ : ३० बजे फिल्म प्रदर्शन हुनेछ ।

देशका विभिन्न हलमा चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिजदेखि नै हाउसफूल हुदै आएको र धेरैले रुचाएकाले जगदम्बा चलचित्र मन्दिर बट्टारमा पनि उक्त चलचित्र प्रदर्शनी गर्न लागएको हो । नुवाकोटमा पनि ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शनीमा दर्शकको उल्लेख सहभागिता हुने अपेक्षा गरिएको छ ।

सरोज पौडेलले निर्माण गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको कथामा आधारित फिल्म हो । फिल्ममा विजय बराल, अञ्जना बराइली, मुकुन भुषाल, बुद्धि तामाङ, देशभक्त खनाल लगायतको समेत अभिनय रहेको छ । चलचित्रले नेपाली जनजीवनको वास्तविक कथालाई जस्ताको तस्तै उतार्न सकेको देखाएसगैँ चलचित्र हेर्ने अधिकांश दर्शक भावुक बन्दै आएका छन् ।

फिल्ममा विजय बराल र प्रकाश सपूतको मुख्य अभिनय छ । यसैगरी मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको अभिनय देख्न पाइन्छ । गन्धर्व समूदायको कथामा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा बाबु छोराको सम्बन्ध, छोराको सफलताका लागि बाबुले गरेको संघर्षको कथा बुनिएको छ । फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी छन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

विगतमा हल नियमित हुन नसकेकोमानयाँ ब्यबस्थापनमा सञ्चालनमा आएको हलमा यसअघि नेपाली चलचित्र छक्कापञ्चा–५, १२गाँउ, ज्वाईसाब लगायतका चलचित्रको सफल प्रदर्शनी पछि कात्तिक २३ गतेदेखि चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनीमा ल्याउन लागिएको हो ।

अहिल हलमा व्यबस्थित साउण्ड सिस्टम, आकर्षक सिट सहितको राम्रो प्रबन्ध मिलाउने क्रम जारी रहेकाले क्रमशः हल व्यवस्थापनमा सुधार हुदै आइरहेको र दर्शकको चाहना अनुसार थप सुधार गर्दै लैजाने हल सञ्चालक इन्द्र लामा (थिङ)ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web