प्रलोभन देखाएर क्रिश्चिन धर्म परिवर्तन गराउन खोज्ने जेल चलान

साउन ७, २०७३ मा प्रकाशित | 940 views

७ साउन, काठमाडौं ।

मानव ओसारपसार गरी धर्म परिवर्तन गराउन खोज्ने चिनिमाया तामाङलाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ ।

धनकुटा जिल्ला धनकुटा नगरपालिका–४ बस्ने तामाङले विगत पाँच वर्षदेखि सम्बधित निकायबाट संस्था नवीकरण नगराइ आफ्नै घर कोठाबाट अवैध रुपमा माया अनाथ आश्रम सञ्चालन गर्दै आएको भेटिएको महानरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउउनुभयो ।

निज तामाङले शङ्खमुलस्थित हरिबहादुर तामाङले सञ्चालन गर्दै आएको जेरुसेलम एन्टिवन चर्चमा बालबालिकालाई राखेर मानव ओसारपसार तथा जबर्जस्ती धर्म परिवर्तन गराउँदै आएको सूचनाको आधारमा प्रहरीले असार १० गते रङ्गेहात पक्राउ गरिएको जनाएको छ ।

प्रहरी र जिल्ला बालकल्याण समिति समेतको संयुक्त टोलीले उक्त चर्चवाट १४ जना बालबालिकालाई उद्धार गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web