नेवार समुदायले म्हः अर्थात् (आत्म) पूजा गर्दै

कार्तिक १७, २०८१ मा प्रकाशित | 281 views


काठमाडौँ । आज नेवार समुदायमा म्हः अर्थात् (आत्म) पूजा गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतम बताउनुहुन्छ ।

यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत देशका विभिन्न ठाउँमा मनाउने गरिएको छ ।

यसैबीच हिजो म्हः पूजा गरेका भक्तपुर नगरपालिकाका नेवार समुदायले आज भाइटीका मनाउँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web