डिजेल र मट्टितेलको मूल्य घट्यो

कार्तिक १६, २०८१ मा प्रकाशित | 233 views


काठमाडौँ । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । यस अनुसार काठमाण्डौ, पोखरा र दिपायलमा डिजेल र मट्टितेल प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङमा एक सय ४९ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा कायम भएको छ । निगमले पेट्रोलको मूल्यमा कुनै परिवर्तन गरेको छैन । आयल निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web