बाढी-पहिरो पीडितलाई नेशनल लघुवित्तबाट राहत उपलब्ध

कार्तिक १३, २०८१ 2024-10-29 मा प्रकाशित
Published at 2024-10-29

330 views

भट्टेडाँडा (ललितपुर) । गत असोजमा परेको अविरल बर्षा र त्यससगैँ आएको बाढीपहिरोबाट पीडित भएकालाई नेशनल लघुवित्त वित्तीय सँस्थाले राहत उपलब्ध गराएको छ ।

नेशनल लघुवित्त वित्तीय सँस्थाको भट्टेडाँडा शाखा अन्तरगतको कार्यक्षेत्र रहेको ललितपुरको बागमती गाँउपालिका र गोदाबरी नगरपालिका तथा मकवानपुर जिल्लाको भिमफेदी र बकैया गाँउपालिका अन्तरगतका एकसय ३२ सदस्य (परिवार)लाई खाद्य तथा गैह्रखाद्य सामाग्रि राहत उपलब्ध गराइएको हो ।

नेशनल लघुवित्त वित्तीय सँस्थाले स्थानीय सरकार (पालिका)संगको सहकार्यमा बाढी–पहिरोबाट पीडित भएका मध्ये अति प्रभावित बनेका आफ्नो सँस्थाको एकसय ३२ सदस्य (घरपारिवार)लाई खाद्यान्न, सरसफाई र बन्दोबस्तीका सामाग्रिहरु प्रदान गरेको हो ।

बाढी पहिरोको विपत्बाट प्रभावित भएकालाई नेशनल लघुवित्त वित्तीय सँस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, बागमती गाँउपालिकाको उपाध्यक्ष भक्तबहादुर दर्लामी मगर (निशान), नि.प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार अधिकारी, सूचना तथा सञ्चार प्रविधि अधिकृत मिलन शर्मा घिमिरे, नेशनल लघुवित्त वित्तीय सँस्थाको सञ्चालन विभागका मदन रिजाल, अनुगमन अधिकृत रामचन्द्र लोहनी, प्रहरी चौकी भट्टेडाँडाका इञ्चार्ज (बरिष्ठ प्रहरी नायव निरीक्षक) उद्धव महत लगायतको उपस्थितीमा राहत सामाग्रि वितरण गरिएको सँस्थाको शाखा कार्यालय भट्टेडाँडाका शाखा प्रबन्धक रेसुका थिङले जानकारी दिनुभयो ।

शाखा प्रबन्धक रेसुका थिङको अनुसार विपतबाट प्रभावित भएकालाई राहत स्वरुप खाद्यान्न अन्तरगत चामल, दाल, तेल, नून, बन्दोबस्ती अन्तरगत बल्याङकेट, सरसफाई अन्तरगत साबुन लगायतका सामाग्रि प्रदान गरिएको छ ।

नेशनल लघुवित्त वित्तीय सँस्था भट्टेडाँडा शाखाको कार्यक्षेत्र अन्तरगतको बागमती गाँउपालिकाको वडा नंं १ देखि ७ सम्म, गोदाबरी नपा–७, भीमफेदी गापा–८ र बकैया गापा–१० मा प्रभावित भएका आफ्ना एकससय ३२ घरपरिवार (सदस्य)लाई बागमती गाँउपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमको बीच स्थानीय जनप्रतिनिधि, कर्मचारी, प्रहरी लगायत सरोकारवालाहरुको उपस्थितीमा राहत सामाग्रि प्रदान गरिएको छ ।

बाढी पहिरोबाट प्रभावित भएकाहरुको दैनिक जनजीवन सरल बनाउनको लागी उनीहरुको चाहना अनुसार अतिआवश्यक परेका खाद्य र गैह्रखाद्य सामाग्रिहरु सँस्थाले उपलब्ध गराएको हो ।

नेशनल लघुवित्त वित्तीय सँस्थाले विपतबाट प्रभावित भएका आफ्ना सदस्य तथा आमनागरिकहरुलाई विगतमा पनि सहयोग पुराउदै आएको थियो । सरकारी राहत कोषमा नगद उपलब्ध गराउने, स्थानीय सरकार र प्रशासनसंगको सहकार्यमा प्रभावितलाई खाद्य तथा गैह्रखाद्य सामाग्रि प्रदान गर्ने लगायतबाट सहयोग पुराउने क्रममा भट्टेडाँडा शाखा अन्तरगतका विपतबाट प्रभावित सदस्यहरुलाई सामाग्रि उपलब्ध गराइएको हो ।

सँस्थाको तर्फबाट पाएको सहयोगले आफूहरुको दैनिक जनजीवन र चाडपर्वको अवसरमा ठूलो राहत महशुस भएको बताएका छन् ।

कार्यक्रमसंग सम्बन्धित थप तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.