नुवाकोटको विदुर हुँदै खनियाबास पुग्ने सडकमा कालोपत्र शुरू

कार्तिक १३, २०८१ 2024-10-29 मा प्रकाशित
Published at 2024-10-29

44 views

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–८ राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र गर्न थालिएको छ ।

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले राईसिंमा कालोपत्रको शुभारम्भ गर्नुभयो । ट्र्याक खोलिएको झण्डै २० वर्षपछि शुरू भएको कालोपत्रले दुई जिल्लाको ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्नेछ । मुख्यगरी कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन योगदान पुग्ने मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गर्नुभएको छ ।

विदुर–८ राईसिंबाट विदुर–१३ हर्कपुर हुँदै गोगनेसम्म १० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ । बाँकी ६ किलोमिटरसहित गोगने हुँदै धादिङको खनियाबास गाउँपालिकासम्म आउँदो आर्थिक वर्षमा बजेट सुनिश्चित गर्ने मुख्यमन्त्री तामाङले बताउनुभएको छ ।

सम्झौताअनुसार चार किलोमिटर सडक विस्तारका लागि १४ करोड ६१ लाख रुपैयाँमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ । कम्पनीले १८ महिनाभित्रमा सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.