नुवाकोट । कर छली र उपभोत्ता ठगी गर्ने आरोप लाग्दै आएको वल्ड लिंक कम्युनिकेशनको नुवाकोटमा ग्राहक आधाले घटेको छ । कुनै समय अर्को प्रतिस्पर्धी इन्टरनेट कम्पनी नहुदाँ तीन हजार ग्राहक बनाएको वल्ड लिंकको ग्राहक घटेर अहिले करीब एक हजारमा झरेको हो ।
ग्राहकबाट अग्रिम शुल्क लिएर तोकिए अनुसारको नेटको स्पिड नदिने, इन्टरनेटमा समस्या देखिएपछि तथा सुस्त गतिमा चलेपछि गुनासो गर्दा उल्टै झर्कर्ने, कार्यालयमा गुनासो राख्न जाने ग्राहकलाई हुन्छ भनेर पठाउने तर, काम नहुने लगायतका सेवाग्रही प्रतिको गैह्रजिम्मेवारी काम गर्दै आएको वल्ड लिंकको नुवाकोटमा ग्राहक ठूलो आधारले घटेको हो । यसो हुनुमा नुवाकोट शाखाको प्रमुखमा करीब ढेडवर्ष अघि आएका शिव सिजापतीको लापरबाही मुख्य रहेका नाम नबताउने शर्तमा कार्यालयका एक कर्मचारीले बताए ।
सिजापतीको कारण पछिल्लो एक वर्षदेखि क्रमशः नयाँ ग्राहक शुन्य जस्तै छ भने लामो समयदेखि सेवा लिदै आएका पुराना ग्राहकबाट नविकरण गर्ने सङ्ख्या पनि आधाभन्दा बढी घटेको हो । सोही कारण विगतमा तीन हजार ग्राहक रहेको वल्ड लिंकको ग्राहक सङ्ख्या घटेर २०८१ कात्तिकमा एक हजार हाराहारीमा आइपुगेको हो ।
वल्ड लिंक कम्पनीले दिने इन्टरनेट सेवा पछिल्लो दुई वर्षदेखि निकै खस्केको छ भने अन्य कम्पनीको इन्टरनेट सेवामा निकै सुधार आएसगैँ ग्राहकहरु वल्ड लिंकको सेवा छाड्न बाध्य भएका छन् ।
वल्ड लिंक कम्पनीको नुवाकोट शाखामा कार्यरत एक प्राविधिकको अनुसार ग्राहकले इन्टरनेट राम्रोसंग नचलेको भन्दै गुनासो गर्ने र त्यसको सुनुवाई नभएपछि केही ग्राहकले सेवा लिएको अवधि भन्दा पहिले नै उक्त कम्पनीको नेट छाडेर अर्को कम्पनीको नेट लिन बाध्य भएका छन् । यो सङ्ख्या मात्रै पनि एकसय हाराहारीमा रहेको छ । उनीहरुले आफूहरुले अग्रिम भुक्तानी दिएको शुल्कबाट बाँकी अवधिको शुल्क फिर्ता पाउनुपर्ने माग गर्दै आएका छन् ।
अत्यावश्यक सेवा अन्तरगत पर्ने इन्टरनेट प्रयोग बापत ग्राहकले अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ भने सेवा रोकिएको अवधिको क्षतिपूर्ति समेत नहुने हुदा नुवाकोट सहित देशभरी नै वल्ड लिंक कम्युनिकेशनको इन्टरनेट र नेट मार्फत् टिभी हेर्ने प्रयोगकर्ता ठूलो आकारले घटेको हो ।
स्मरण छ कि वल्ड लिंकले नेपाल सरकारलाई बुझाउनुपर्ने रावश्व बापतको करोडौ रुपैयाँ समेत बुझाउन आनाकानी गर्ने, ढिलो बुझाउने, करमा चुहावट गर्ने बदमासी गर्दै आइरहेको छ । सोही अनुसार प्रपञ्च रचेर सरकारका कर्मचारीलाई नै प्रभावित बनाउन खोजिरहेको बदमास कम्पनी वल्डलिंकलाई सकारले कर असुलीमा कडाई गर्दै आएको छ ।
कर असुलीमा कडाई गर्न थालेपछि सरकारलाई ठग्न नसकेको वल्ड लिंकले अहिले ग्राहकलाई ठग्नको लागी विभिन्न प्रपञ्च गर्दै आइरहेको हो । सोही अनुसार नुवाकोटमा आधा भन्दा बढी ग्राहकले वल्ड लिंकको इन्टरनेट सेवा छाड्न बाध्य भएका छन् ।