
नुवाकोट । त्रिग्या बहुउद्देश्यीय सहकारी सस्थाले विभिन्न क्षेत्रमा सकृय तथा मिस ट्यालेन विजेताहरूलाई सम्मान गरेको छ ।

सस्थाको तेस्रो वार्षिक साधारण सभाको अबसरमा विभिन्न विधाका व्यक्ति तथा सहकारी अन्तरगतका व्यक्तिहरूलाई सम्मान गरेको सहकारीका अध्यक्ष अनिल कुमार तामाङले जानकारी दिनुभएको छ ।
सहकारीले बीबीसी नेपाली सेवा तथा रेडियो चिम्टेश्वरका सञ्चालक शक्ति माया तामाङ, मिस ट्याले नेपाल २०२४ का विजेता मुस्कान तामाङ, मिस ट्यालेन नुवाकोट २०२४ का विजेता अञ्जली तामाङलाई सम्मान प्रशम्सा पत्रले सम्मान गरेको छ ।

शेयर सदस्य को परिवारबाट कानुनी निकायको अधिकृत तहमा नाम निकाल्न सफल सविया तामाङ, विमान चालक अनुमानि पत्र प्राप्त सिद्दार्थ लामा र यसइइमा उत्कृष्ट नतिजा ल्याउने सोनाम लामा तामाङ, सुप्रिम घले, प्रशान्त तामाङलाई प्रशम्शा पत्रले सम्मान गरेको छ ।
त्यस्तै सहकारीको उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचत कर्ता, असल ऋणीलाई प्रोत्साहन स्वरूप सम्मान गरेको सहकारीका सचिव यवम व्यवस्थापक दल बहादुर गुरूङले जानकारी दिनुभएको छ । ४ सय ७५ जना शेयर सदस्य रहेको शहकारीको ९६ लाख ५९ हजार १ सय शेयर पुजी रहेको छ ।

सहकारीले आर्थिक २०८०/८१ मा २ करोड १ लाख २४ को कारोबार गर्न सफल भएको सहकारीका कोषाध्यक्ष मधु कुमारी लामा गुरूङले प्रस्तुत गर्नुभएको प्रतिबेदनमा उल्लेख गरेको छ ।

सहकारीका लेखा समिति संयोजक मेखा माया घले तामाङले यस सहकारीले सहकारी ऐन अनुसार सेवा प्रबाह गर्दै आएको पाइएको जनाउनुभयो ।

18.41¡ÆC