भारतबाट आयातित १२ टन दाल अखाद्य

कार्तिक ७, २०८१ मा प्रकाशित | 361 views


काठमाडौँ । नेपालमा भारतबाट आयातित १२ टन दाल अखाद्य भएको पत्ता लागेपछि उतै फिर्ता पठाइएको छ ।

व्यापारिक प्रयोजनका लागि बाँके कोहलपुरको प्रभुकृपा अर्डर एन्ड सप्लायर्सले ४ कात्तिकमा नेपालगञ्ज भन्सार नाकामा ल्याएको दाल अखाद्य भेटिएको थियो ।

नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा दालमा ‘कोल टार डाई’ रङ भेटिएपछि आयात गर्न नमिल्ने प्रतिवेदन तयार भएको थियो ।

उक्त प्रतिवेदनपछि मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालगञ्ज भन्सार कार्यालयलाई भारतमै फिर्ता गर्न लगाएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

उनका अनुसार नेपालमा कुनै पनि किसिमका दालमा वाह्य रङ प्रयोग गर्न प्रतिबन्ध छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुले अनिवार्य रुपमा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने छ । त्यसपछि विभागको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी हुन पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web