दोधारा चाँदनीको दर्जनौ कृषकको परवल खेती डुवानमा

साउन ७, २०७३ मा प्रकाशित | 907 views

<p>पप्पु गुरुङ्, ७ साउन / दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको ३ दर्जन भन्दा बढी कृषकको परवल बाली डुवानमा परेको छ् । उत्पादन हुने बेलामा बाढीको पानी परवल बारीमा जम्न थालेपछि उनिहरु परवलको लहरा नष्ट हुन थालेको हो । खेतवारीमा पानी जमेर उनिहरुको परवल बाली कुहिन थालेपछि उनिहरु चिन्तित भएका हुन् । शिला खड्का, पदम बहादुर खड्का, धन बहादुर रोकाया, राम बहादुर रोकाया, सुरज खड्का लगाएत ६५ भन्दा बढी कृषकहरुको खेतवारी सिमावर्ती भारतिय क्षेत्रमा पर्ने बाईसपुलबाट आएको पानीले खेतवारी तालमा परिणत गर्न थालेपछि उनिहरुको परवल खेती नष्ट भएको हो । दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरमा रहेको ६० बिघाह भन्दा बढी जग्गालाई तालमा परिणत गर्न थालेको स्थानिय सुरज खड्काले बताउनु भएको छ् । ६५ भन्दा बढी कृषकको लगाईएको धान, परवल, रातलु तथा मकै वाली डुबान गरेर तालमा परिणत गर्न थालेको उनिहरुको भनाई रहेको छ् । दोधारा चाँदनीको देउरालीघाट, गैराबारी टोल, कुतियाकवर, बैतिफाँटा, १८ नम्वर पिल्लर गाँउका किसानहरू एक दशक अघि सम्म परवल खेतीबाट मनग्य आम्दानी गर्थे । यहाँ उत्पादित परवल सोझै भारतको दिल्ली सम्म पुग्थ्यो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) कडाइ गरेपछि परवल निर्यात ठप्प हुन पुग्यो । किसानहरूले त्यसको सट्टा धान गहुँ लगाउन थाले । पछिल्लो एक/डेढ वर्ष यता भारतीय व्यापारीहरू गाउँमै आएर परवल खरिद गर्न थाले पछि यहााका किसानहरू फेरि परवल खेती तिर फर्किन थालेका छन् । स्थानीय बजारमा पनि माँग बढ्न थालेको र महेन्द्रनगर सम्म पुर्‍याउन सकिने अवस्था आए पछि कृषकहरू यस तर्फ आकर्षित हुन थालेका हुन् । सुन्दरनगरको खेति योग्य जग्गा तालमा परिणत हुन थालेपछि स्थानियहरुको परवल खेती तुहिएर गएको छ् । उनिहरुको लगानी तथा आम्दानी तालमा गएपछि कसरी दिनचार्य चलाने हो ? भन्ने चिन्ताले सताएको सुन्दरनगरकी स्थानिय कृषक शिला खड्काले बताईनन् । “यो एक पटक लगाए पछि ४ र ५ वर्ष सम्म फल दिन्छ । यो मुख्यत वगर तथा बलौटे दोमट माटोमा खेती गरिन्छ ।” राम बहादुर रोकायाले भने । यसबाट जुनकुनै बेला आफूलाई चाहेको बेला टिपेर तरकारीमा खान पनि पाईने भारतिय बजारमा यसको राम्रो दर/भाउ रहेकोले दोधारा चाँदनीका कृषक परवल खेती प्रति आकर्षित हुदै आएको राम बहादुर रोकायाको भनाई रहेको छ् । दोधारा चाँदनीको सुन्दरनगरमा भारतिय क्षेत्रबाट आएको पानीले बन्दै गरेको ताललाई राज्य पक्षले तालको पानीलाई जगबुडा नदीमा निकासा गराईदिन समेत अनुरोध गर्दै आएका छन् ।<br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web