बीर अस्पतालाई दुवाकोटमा सार्ने,विदेशी विज्ञापनको प्रभाव रोक्न ‘क्लिन फिड’ लागू गर्ने निर्णय

साउन ७, २०७३ मा प्रकाशित | 905 views

काठमाडौ,साउन ७ । सरकारले आमसंचार नीति २०७३ लागू गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको आज बसेको बैठकले आमसंचार नीति लागू गर्ने निर्णय गर्दै स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न तथा विदेशी विज्ञापनको प्रभाव रोक्न ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए ।

त्यस्तै बैठकले बीर अस्पतालाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गर्दै त्यहाँ सात सय रोपनी जग्गा प्राप्तिका लागि आवश्यक पर्ने प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको छ । त्यस्तै बैठकले मुस्ताङको लोमान्थाङस्थित युरोनियम रहेको स्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । यसैगरी, चीनको चोङ क्युङ सहरका लागि अवैतनिक नेपाली वाणिज्य दूतमा चिनियाँ नागरिक कोङ म्यान तिनलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री राईले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web