खराब मौसमका कारण हवाई उडान प्रभावित

अशोज ११, २०८१ मा प्रकाशित | 160 views


काठमाडौँ । लगातारको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण धेरै आन्तरिक उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनकपुर, भैरहवा, सिमरा र धनगढीमा उडान भएको तर बाँकी विमानस्थलमा खराब मौसमका कारण उडान हुन सकेको छैन ।

पहाडी र हिमाली क्षेत्रका उडान रद्द भएका छन् भने अन्य विमानस्थल खुल्ने क्रममा रहेकाले दिउँसोपख मौसम खुलेमा उडान हुन सक्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web