पिसाब थैली भित्रको पत्थरीको सफल शल्यक्रिया

अशोज ४, २०८१ 2024-09-20 मा प्रकाशित
Published at 2024-09-20

502 views

नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा एक पुरुष व्यक्तिको पिसाब थैली भित्र रहेको पत्थरीको शल्यक्रिया गरिएको छ ।

ती पुरुष व्यक्तिको स्पाइनल इन्जुरी (मेरुदण्ड भाचिएको) र प्यारलाइसिस समेत भएको अशक्त व्यक्ति भएकाले उपचारको लागी जोखिमपूर्ण अबस्थामा त्रिशूली अस्पतालको दक्ष एंव अनुभवी चिकित्सकको टिमले सहज रुपमा सफल शल्यक्रिया गर्नुभएको हो ।

शुक्रबार अस्पतालको निर्देशक डाक्टर राजेन्द्र लामा, डा.पार्वती गौतम डा.कैलाश विश्वकर्मा सहितको चिकित्सकको टोलीले ३९ वर्षीय ती पुरुष व्यक्तिको पिसाब थैली भित्र रहेको पत्थरीको शल्यक्रिया गर्नुभएको हो । उक्त पत्थरीको लम्बाई ४ सीएम र चौडाई एक सीएमको रहेको थियो ।

अस्पतालले हरेक दिन दूलर्भ एंव जोखिमपूर्ण बिरामीलाई समेत सेवा दिने क्रमममा पछिल्लो समयमा शल्यक्रिया सेवामा निकै जोखिम देखिएका बिरामीलाई समेत सेवा दिदै उत्कृष्ट अस्पतालको रुपमा प्रस्तुत गर्न सफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.