सँस्कृत माविका प्रधानध्यापक मन्जु चित्रकार राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित

अशोज ३, २०८१ मा प्रकाशित | 233 views


त्रिशूली । देवीघाट स्थित शहीद जगत प्रकाशजंग शाह सँस्कृत माध्यमिक विद्यालयका प्रधानध्यापक मन्जु चित्रकार राष्ट्रिय शिक्षा पुरस्कार २०८१ बाट सम्मानित हुने सूचीमा समावेश हुनुभएको छ ।

रािष्ट्रय शिक्षा दिवस–२०८१ को अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयको विकासमा पुराएको योगदानको कदर गर्दै प्रधानध्यापक मन्जु चित्रकारलाई सम्मान गर्न लागेको जनाएको छ ।

शिक्षा मन्त्रालयले बुधबार जारी गरेको सूचना अनुसार शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुराएबापत राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार स्वरुप प्रमाणपत्र प्राप्त गर्ने सूची अन्तरगत सामुदायिक विद्यालयका शिक्षक तर्फ शहीद जगत प्रकाशजंग शाह सँस्कृति माविका प्रधानध्यापक मन्जु चित्रकारको नाम समावेश गरिएको हो ।

केही वर्षअघि शहीद जगत प्रकाशजंग शाह सँस्कृत मावि तत्कालीन समयमा एस.एल.सीमा हरेक वर्ष निल हुदै आएकोमा उहाँको नतृत्वले छोटो अवधिमा नै चमत्कारिक परिवर्तन गर्दै उत्कृष्ट सहित गुणस्तरीय शिक्षा प्रवाहमा पुराएको योगदान बापत सम्मानित हुन लाग्नुभएको हो ।
राष्ट्रिय शिक्षा पुरस्कार सहित विभूषण तथा विद्यापदक प्राप्त गर्ने महानुभावहरुलाई प्रमाणपत्र वितरणको लागी भने पछि सूचना निकालिने शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web