नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

भदौ ३१, २०८१ मा प्रकाशित | 323 views


काठमाडौँ । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ ।

नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ । समितिलाई आउँदो असोज १५ गतेभित्र अध्ययन प्रतिवेदन पेश गर्न समय सीमा दिइएको छ ।

समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ । यस्तै समस्याको समाधानमा विद्यमान कानूनी व्यवस्थाको विश्लेषण तथा समाधानका लागि सुधार गर्नुपर्ने ऐन, नियमावली र कार्यविधिलगायतका विषयमा सुझाव दिन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web