६ साउन, चितवन ।
पुर्वी चितवनको खैरहनीमा आज मोटरसाईकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

आज अपरान्ह ४ बजे भएको उक्त दुर्घटनामा गम्भिर भएकी ति बालिकाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्करबाट मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्वर ४ निवासी ५ बर्षिया मुस्कान दराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

16.02¡ÆC