
त्रिशूली । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले बेलकोटगढी नगरपालिकाको विकासको लागी आवश्यक र माग अनुसारको योजना तथा कार्यक्रममा समावेश गराउन प्रयत्न गर्ने बताउनुभएको छ ।
भारत सरकारको सहयोगमा बेलकोटगढी नगरपालिकाको वडा नं. १२ मा निर्माण भएको स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री केसीले विगतमा आफूले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै सहयोग पुराएको स्मरण गर्दै बेलकोटगढी नगरपालिकाको लागी शहरी विकाससंग सम्बन्धित कार्यक्रम ल्याएर शिक्षा, स्वास्थ्य सहित पूर्वाधार विकासको लागी अझै केही गर्न प्रयास गरिरहेको बताउनुभएको छ ।
यसअघि उहाँको पहलमा आएको विशेष आर्थिक क्षेत्र (सेज)को कार्यक्रम सञ्चालन नै नभई फर्र्किएकाले अब संघन नगर विकासको कार्यक्रम ल्याउनको लागी प्रयास गरिरहेको प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री अजुर्ननरसिंह केसीले बताउनुभएको छ । आफूले ल्याउने पर्ने योजना र बजेट तथा समस्याको भएको अबस्थामा कुनै दलीय पूर्वाग्राही नलिई निश्पक्ष रुपमा सेवा पुराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा संबिधानसभा सदस्य तथा काँग्रेस नेता जगदिश्वरनरसिंह केसी, नेकपा एमाले नुवाकोट इञ्चार्ज तथा पूर्व प्रदेसमन्त्री केशवराज पाण्डे, बेलकोटगढी नगरपालिकाको नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल, पूर्व नगरप्रमुख राजेन्द्ररमण खनाल लगायतले भूकम्पपछि स्वास्थ्य र शिक्षा क्षेत्रको भौतिक संरचनामा आएको सुधारले कोरोना रोगको सक्रमणको समयमा रोकथामको लागी महत्वपूर्ण योगदान पुगेको भन्दै सेवाको विस्तार अझै सुधार गर्दै लैजानुपर्ने बताउनुभएको छ ।

विभिन्न तहमा रहेका सरकार र दातृ निकायको सहयोगले स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुविधासम्पन्न भौतिक संरचनाको निर्माण भएकाले दुवै क्षेत्रको गुणस्तर र विश्वसनीय सेवामा केन्द्रित हुदै समृद्धि बेलकोटगढीको निर्माणमा आफूहरु राजनीतिक पूर्वाग्रह नलिई जुटेर अघि बढ्नको लागी कार्यक्रममा सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।
–रामहरि न्यौपाने
19.24¡ÆC