रसुवाको पासाङल्हामु मार्ग अवरुद्ध

भदौ २२, २०८१ मा प्रकाशित | 154 views


काठमाडौँ । सुवाको पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबीच मूलखर्कमा सडक अवरूद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारीसाधन रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण माथिबाट खसेको ढुङ्गा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन् ।

ढुङ्गा अत्यन्तै ठूलो भएकाले फुटालेर मार्ग खुलाउन ब्रेकर मेसिनको खोजी भइरहेकाले तत्काल सडक सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रजिअ खनालले जानकारी दिनुभयो ।

अत्यधिक वर्षापछि आएको पहिरोसँगैको ढुङ्गाले सडक अवरूद्ध बनेको उहाँले बताउनुभयो । ढुङ्गा फुटाइ सडक सञ्चालन गराउने प्रयास गरिरहेको प्रजिअ खनालले बताउनुभयो । सडक अवरूद्व भएकाले दर्जनौँ सवारीसाधन र यात्री मूलखर्कमा रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web