पूजन काफ्लेको तीज गीत ‘हे आमा भन्न मिलेन’ बजारमा (भिडियो सहित)

भदौ २१, २०८१ मा प्रकाशित
Published at भदौ २१, २०८१

709 views

तीजको लहर चेलीको रहर.
मन खोली नाँच्ने हो..
गाउँ र शहर तीजको लहर…
तीजको गीत गाउने हो.
हे आमा भन्न मिलेन..
मनमा पीर परेनी रुन मिलेन…

पुजन काफ्लेको स्वर, शब्द र संगीत रहेको तीज गीत हे आमा भन्न मिलेन मनमा पीर परेस रुन भएन सार्वजनिक भएको छ । सञ्जिव बराइलीको एरेन्ज रहेको गीतमा प्रकाश शाहीको छायाडंकन र निराजन केसीले सम्पादन गरेका छन् ।

अगस्टे स्टूडियोले बजारमा ल्याएको गीतमा प्रवीन थापाको कोरियोग्राफर रहेको छ भने स्मारिका ढकाल, संस्कृति भूजेल र एलिना काफ्लेले अभिनय गरेका छन् ।

गीतमा राखिएका शब्दले आमा, दिदी बहिनीबीचको सम्बन्धलाई उजागर गरेको छ । आमासित भेट भएपछि भएका पीर पनि हल्का हुने ठानिएको छ । तीजमा गरिने रमाइलोलाई ढकालसहितका कलाकारले जीवन्त तृल्याएका छन् ।

गीतमा समेटिएका शब्दले भन्न खोजेको कुरालाई कलाकारले भरपुर निभाएका छन भने कोरियोग्राफरले गरेको मेहनतलाई कम आँकन मिल्दैन् ।

विशेषगरी तीज गीत विभिन्न विद्युतिय सञ्चार माध्ययमबाट प्रसारण हुँदा तथा युट्युव, फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट भई दर्शकले हेर्न थालेका कारण तीजको रौनकता अझ थपिएको छ । कलाकारले सामाजिक सञ्जाल मार्फत आफ्नो तीज गीतको बारेमा जानकारी दिइरहेका छन् ।

कोहीले रेर्कड गरेको, केहिले भिडियो छायांकन गरेको, केहिले तयारी भइरहेको, केहिले गीत सार्वजनिक भइसकेको भन्दै अपडेट गराउदा सामाजिक सञ्जाल पनि तीज गीतमय बनिरहेको छ । वास्तविक तीज गीत झल्को दिने गीत पछिल्लो समयमा कलाकारले पस्कन नसक्दा दर्शक श्रोता भने निरास छन् ।

अधिकांश कलाकारको आफ्नै युट्युब च्यानल भएको कारण समेत गीत कस्तो छ भन्दा पनि भिवर कसरी बढाउने भन्ने चिन्ता कलाकारलाई हुने गरेको छ ।

वर्षभरी घटेका घटना र आम पीडालाई महिलाले गीत मार्फत प्रस्तुत गर्ने माध्यमको रुपमा तीज गीतको जन्म भएपनि पछिल्लो क्रममा तीज गीतले मुलममलाई विर्सदै गएका छन् ।

परिवर्तनको नाममा गीत अलि बढी नै आधुनकिता भित्रिनु र मौलिकता हराउदै जानु राम्रो हैन् । गीतको मोडलिगंका नाममा जस्तो पनि पोशाक लगाएर उफ्रिनुले पक्कै पनि विकृति हो ।

कुनै गीतले वास्तविक चेलिको मर्म बोकेका छन् । रत्यौली गीतलाई तीज गीत भन्ने दोहोरी भाकालाई तीज गीत भन्ने हाम्रो मौलीकपन र संस्कृति माथि प्रहार भएको छ ।

विगतका वर्षमा भन्दा यो वर्ष झन् बढी विकृतिका गीत निस्केका छन् । गीत संगीतको क्षेत्रमा देखिएको विकृति विसंगति अन्त्य गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले खासै चासो देखाएको छैन् ।

तीज गीतमा भित्रिएका विकृतिलाई न्यूनीकरण गर्ने निकायहरु भने मौन देखिन्छन्।

गीतमार्फत यसरी देशको संस्कार बोकेको राष्ट्रियता माथिको प्रहार राज्यले नै नियन्त्रण गर्नु पर्नेमा राज्य पनि बेखबर झौ छ ।

महिलाको तीजको मौलिक बजार अश्लिल फ्लेबरका गीतका कारण खस्किएको छ । वर्षौँ पुराना गीतहरूमा समेत तीजको मौलिकता पाइन्छ । यी गीत बज्न थालेपछि मात्र तीज आएको भान हुने गरेको थियो ।

तीज गीतमा चेली माइती जान नपाउँदाका पीडा, सासु–ससुराले गर्ने अभद्र व्यवहार, राम्रो व्यवहार, दिदी–बहिनीको मित्रता तथा पीडा, श्रीमानको माया र पीडालगायत विषयवस्तुलाई समेटिएका हुने गरेका थिए । तर, अहिले तीजसँग सरोकार नभएका बिहेको अघि दिन्न र तीन महिने सुइले जस्ता अराजक गीतले हाम्रो समाज र संस्कृति कता जाला भन्ने चिन्ता बढेको छ । 

तीजमा जति नै नयाँ गीतहरू सार्वजनिक भएपनि पुराना कलाकारका ती कालजयी गीतहरू अहिले पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन् ।

मुलतः तीजका कालजयी भाकामा लय मिलाएर प्रस्तुत गर्ने पुराना कलाकार लोकगीत–संगीतबाट विस्थापित भइदिँदा र नयाँ पुस्ताका कलाकारले मौलिकता बिर्सिँदा विकृति बढेको छ ।

मुलतः तीज गायिकाको परिचय बनाएका हरिदेवी कोइराला, बीमाकुमारी दूरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, शकुन्तला थापा, शीला आले, विष्णु माझीलगायत गायिकाले अहिले पनि तीज गीतमा मौलिकता पस्किने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.