सभामुखद्वारा डा केसीको स्वास्थ्यबारे जानकारी

साउन ५, २०७३ मा प्रकाशित | 828 views

५ साउन, काठमाडौं ।

सभामुख ओनसरी घर्तीले आज त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा गोविन्द केसीलाई भेट्नुभएको छ । उहाँले डा केसीको स्वास्थ्यबारे जानकारी लिनुभयो ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि अनशनरत डा केसीलाई स्वास्थ्य ख्याल राख्न आग्रह गर्दै माग पूरा गर्न पहल गर्ने सभामुखले आस्वासन दिनु भयो ।

सभामुखसँगको भेटमा डा केसीले शिक्षालाई सेवाको भावमा नभई नाफामूलक संस्थाको रुपमा विकास गरिँदै लगेकाले त्यसको विरोधमा अनशन बस्नुपरेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web