एलिटस् लजिस्टिक्सको अनलाइन पोर्टल सार्वजनिक, डेलिभरी सेवा थप प्रभावकारी हुने

भदौ १९, २०८१ 2024-09-04 मा प्रकाशित
Published at 2024-09-04

489 views

काठमाडौँ । एलिटस् लजिस्टिक्स प्रा. लि. ले आफ्नो अनलाइन पोर्टल सार्बजनिक गरेको छ । अनलाईन पोर्टलको प्रयोगले डेलिभरी सेवा अझै सरल, सहज र प्रभावकारी हुने जनाईएको छ । यस पोर्टल अनलाइन वव्यवसायीहरूको लागि एक महत्वपूर्ण साधन हुनेछ जस मार्फत अर्डरहरू प्रत्यक्ष ट्र्याक गर्न, रिपोर्टहरू समीक्षा गर्न, र सरल रूपमा सेटलमेन्टको लागि अनुरोध गर्न सकिन्छ ।

एलिटस् लजिस्टिक्सले १००० भन्दा बढी अनलाइन व्यवसायीहरूलाई सेवा प्रदान गर्दै आएको छ , र यो नयाँ पोर्टलले हाल भएका र आगामी दिनमा एलिटस् लजिस्टिक्ससंग आबद्ध हुने सबै व्यवसायीहरुलाई प्रिमियम सेवाको फाइदा उठाउन सकिने कम्पनीका प्रबन्ध निर्देशक स्वप्निल सुल्प्याले विश्वास व्यक्त गरेका छन् । यो पोर्टलको प्रयोगले डेलिभरी प्रकृयामा पारदर्शिता र सहजता ल्याउँने साथै यसले अनलाइन व्यवसायीहरूको व्यवसायलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखिएको छ ।

कम्पनीले आफ्नो भाबी योजनाहरूलाई अझ विस्तार गर्दै १०,००० भन्दा बढी अनलाइन उद्यमीहरुलाई व्यवसायीक रुपमा अझै सफल बनाउने कार्यबिधिहरु तय गरेको छ । एलिटस् लजिस्टिक्सले उद्यमशीलतालाई सदैब प्रवर्द्धन गर्ने र स्वरोजगार व्यवसायीहरूलाई प्रोत्सान गर्ने स्वप्निल सुल्प्याले बताउनुभयो ।

यस पोर्टलले ग्राहकहरूलाई आफ्नो डेलिभरी स्थान पिन गर्न अनुमति दिनेछ, जुन हालको बजारमा पहिलो पटक भएको सुविधा हो । साथै, पोर्टलको सुरुवातसँगै अनलाइन व्यवसायीहरूको लागि विभिन्न रोचक अफरहरू पनि उपलब्ध हुने बताईएको छ ।

एलिटस् लजिस्टिक्सले निरन्तर सुधार र नवप्रवर्तन मार्फत नेपालमा लजिस्टिक्स सेवाको परिभाषा नै फेरबदल गर्ने उद्देश्य राखेको छ ।

साधारण बजारमा नयाँ सम्भावनाहरू खोज्न तयार रहेको स्वप्निल सुल्प्याले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.