आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

भदौ १८, २०८१ मा प्रकाशित | 205 views


काठमाडौँ । आज दिउँसोपछि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रसहित कतिपय ठाउँमा घाम लागेको भए पनि दिउँसो मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

देशभर मनसुनी वायुको प्रभाव छ । यसैकारण कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बेलुका कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज राति पनि आंशिकदेखि साधारणतया बदली नै रहने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web