
त्रिशूली । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तरगत नुवाकोट र रसुवा जिल्लाकै एकमात्रै आंगिक शिक्षालय पोस्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालयको शिक्षा उत्कृष्ट ठहरिदै गएको छ ।
शिक्षालयमा आइतबार आयोजित ‘सिक, कमाउ र तिर’ अभियान अन्तर्गत शिक्षालयको उत्पादन एकाईको आयोजनामा पशु बिज्ञान र बालि बिज्ञानका ६२ जना प्रशिक्षार्थीहरुलाइ निशुल्क शिक्षालय पोसाक वितरण एवं नयाँ प्रशिक्षार्थिहरुको अभिमुखिकरण कार्यक्रममा शिक्षालयले पुराएको योगदानको सरोकारवालाहरुबाट प्रशंसा गरिएको छ ।

शिक्षालयबाट उत्पादन भएका तथा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर नेपालमै अब्बल पाएसगैँ स्थापनाको छोटो अवधिमा पोस्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालयले उल्लेखनीय प्रगति गरेको हो ।
कार्यक्रममा विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटी, १ नं वडाध्यक्ष लेनिन रन्जित लगायतले शिक्षालयबाट उत्पादित विद्यार्थीको शैक्षिक जानकारी पश्चात शिक्षालयलाई अहिलेको जस्तै आगामी दिनमा थप उत्कृष्ट बनाउनतर्फ लाग्न अनुरोध गर्नुभयो ।
शिक्षालयबाट उत्पादन भएको विद्यार्थी पुजा अधिकारीले काठमाडौ युनिभर्सिटीको Bsc AG(बि.एस.सी.–एजी)को प्रवेश परिक्षामा सर्वोउत्कृष्ट नतिजा ल्याउनुभएको छ । उहाँले ८९ अंक सहित काठमाडौ युनिभर्सिटीमा सबैभन्दा धेरै अंक ल्याउनुभएको हो ।
शिक्षालयका २८ जना प्रशिक्षार्थी नेपाल प्रथम सहित २५ जना प्रशिक्षार्थी उत्तीर्ण गराउन सफल भएको विभागीय प्रमुख प्रकाश रैलाले जानकारी दिनुभयो । उहाँको अनुसार स्थापनाको चारवर्षको अवधिमा नै विभिन्न विधामा उत्कृष्ट विद्यार्थी उत्पादन गर्दै आएको शिक्षालयले देशभरका विद्यार्थीमध्ये उत्कृष्ट विद्यार्थी उत्पादन गरेको छ ।
उर्तिण भएका मध्ये १२ जना प्रशिक्षार्थीले ८० प्रतिशत भन्दाबढि अंक सहित उत्तीर्ण भएका छन् । ८७.१६ प्रतिशत नतिजा सहित सिटिइभिटी प्रणालीमा आंगिक कलेजतर्फ शिक्षालयको विद्यार्थी युनिशा पन्थ सर्वोकृष्ट हुनुभएको हो ।

सहुलियत शुल्कमा प्राविधिक विषय सहित सिप विकासमा समेत महत्वपूर्ण योगदान पुराउदै आएको शिक्षालयले आगामी दिनमा अझै दक्ष एव गुणस्तरीय सेवा दिन सोही अनुसार शिक्षाक, विद्यार्थी र यहाँका सरोकारवालाहरुबीच सहकार्य भइरहेको विभागीय प्रमुख प्रकाश रैलाले जानकारी दिनुभयो ।
माध्यमिक शिक्षा परीक्षा (एसइईं) उर्तिण पश्चात शिक्षालयमा तीनवर्षे बाली बिज्ञान, पशु विज्ञान र होटल म्यानेजमेन्ट विषयको अध्ययनको लागी नुवाकोटमा नै सहज सुविधा उपलब्ध रहेको छ ।
26.12¡ÆC