महिला राष्ट्रिय भलिबल टोलीलाई नगद पुरस्कारसहित सम्मान

भदौ १३, २०८१ मा प्रकाशित | 179 views


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभा महिला भलिबल लिगमा रजत पदक जितेका नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय टोलीका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गर्नुभएको हो । यसैगरी मुख्य प्रशिक्षक जगदीश भट्टलाई २ लाख तथा सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम सिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

सम्मानपछि प्रधानमन्त्री ओलीले सुविधा कम हुँदा पनि खेलाडीले दिलाएका सफलताका लागि टोलीलाई धन्यवादसँगै बधाई दिनुभयो । दक्षिण एशिया र योभन्दा माथिल्लो स्तरमा पुग्नलाई सुविधा थप गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका लागि आफ्नो ध्यान पुगेको भन्दै अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थामा रहे पनि भलिबल विकासका लागि अधिकतम कोशिश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भलिबल प्रशिक्षणका लागि प्रशिक्षण हलसम्म नभएको विषयप्रति आफू जानकार रहेको उहाँँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web