नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्यो

भदौ ७, २०८१ मा प्रकाशित | 207 views


काठमाडौँ । नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा दरखास्त आह्वान गरेको छ । अधिकृत सरहका यी पदमा २ सय ८० जनाका लागि भर्ना खुलेको हो ।

खुलातर्फ १ सय ४७ तथा समावेशीतर्फ महिला कोटामा २४, आदिवासी जनजाति कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।

यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट छ्ट्याइएको छ ।

नेपाली सेनाले आज प्रकाशित गरेको सूचना अनुसार दरखास्त दिने म्याद आउँदो असोज ५ गतेसम्म छ । असोज ६ गतेदेखि १२ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने सेनाको भर्ना छनौट निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web