स्वास्थ्य क्षेत्र सुधारका लागि सहकार्य गर्ने तीनै तहका सरकारको प्रतिबद्धता

भदौ ६, २०८१ 2024-08-22 मा प्रकाशित
Published at 2024-08-22

115 views

काठमाडौँ । स्वास्थ्य क्षेत्र सुधारका लागि एकआपसमा सहकार्य गर्ने तीन तहका सरकार सङ्घ, प्रदेश र पालिकाले प्रतिबद्धता जनाएका छन् ।

सङ्घ, प्रदेश तथा स्थानीय तह ऐन २०७७ अन्तर्गत गठित तीनै तह सहभागी विषयगत समितिको पहिलो पटक बसेको बैठकमा सहभागी प्रतिनिधिहरूले स्वास्थ्यका योजना तथा कार्यक्रममा दोहोरोपना ल्याउन नदिने प्रतिबद्धता जनाएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदभार सम्हालेपछि सार्वजनिक गर्नुभएको प्राथमिकता तथा कार्ययोजनामा समितिको बैठक तत्काल राखेर तहगत समस्याको पहिचान र आउँदो योजना बनाउने घोषणा गर्नुभएको थियो ।

बैठकले स्वास्थ्यकर्मी अभावलाई सम्बोधन गर्न समायोजन पुल दरबन्दीमा रहेका स्वस्थ स्वास्थ्यकर्मीलाई प्रदेश तथा पालिकामा पठाउने निर्णय गरेको छ । यसैगरी पालिकामा समायोजन भएका एमडी तथा एमएस विशेषज्ञता हासिल गरेका चिकित्सकलाई प्रदेशभित्र आवश्यक परेको ठाउँमा खटाउन प्रदेश सरकारलाई अधिकार दिनेसमेत निर्णय गरेको छ । बैठकबाट गरिएको १३ बुँदे निर्णयमा दरबन्दी रिक्त रहेका गाउँपालिकाका स्वास्थ्य संस्थामा चिकित्सक व्यवस्थापन गर्न मन्त्रालयले समन्वय र सहजीकरण गर्ने उल्लेख छ ।

यसैगरी पालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ५, १० तथा १५ शय्याका अस्पतालको व्यवस्थापन सर्वेक्षण गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.