बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

भदौ ६, २०८१ मा प्रकाशित | 215 views


काठमाडौँ । २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे । नेपालकाे जितमा खेलकाे १७औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गाेल गरे । बङ्गलादेशका इस्लामले खेलकाे ४३ औं मिनेटमा पेनाल्टीमार्फत गाेल गरे ।

याे जीतसँगै नेपालले २ खेलमा ६ अङ्क जाेडेकाे छ । बङ्गलादेशकाे २ खेलमा ३ अङ्क छ । नेपाल र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । याे समूहकाे श्रीलङ्का भने लगातार दुई खेलमा हार बेहाेर्दै समूह चरणबाटै बाहिरिइसकेकाे छ ।

प्रतियाेगितामा समूह चरणकाे अन्तिम खेलमा भाेलि समूह ‘बी’ का भारत र माल्दिभ्स खेल्दैछन् । याे खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । याे समूहकाे अर्काे टाेली भुटानले पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेकाे छ । सेमिफाइनलमा एउटा समूहकाे विजेताले अर्काे समूहकाे उपविजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web