नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले हरायो

भदौ २, २०८१ मा प्रकाशित | 226 views


काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेकाे छ ।

ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सको मैदानमा आज भएकाे उद्घाटन खेलमा आयाेजक नेपालले श्रीलङ्कालाई १–० गाेल अन्तरले हरायाे । नेपालका लागि खेलकाे २४ औं मिनेटमा निराजन धामीले गाेल गरे । आजकाे खेलमा नेपालले गाेल गर्ने अन्य अवसरहरू बनाए पनि त्यसलाई सदुपयाेग गर्न सकेन । जीतसँगै नेपालले समूह ‘ए’ मा ३ अङ्क जाेडेकाे छ ।

अब नेपालले समूह चरणकाे अन्तिम खेलमा आउँदाे बिहीवार बङ्गलादेशसँग खेल्नेछ । प्रतियाेगितामा भाेलि समूह ‘बी’ का भारत र भुटान खेल्दैछन् । आजदेखि शुरू भएकाे प्रतयाेगिता यही भदाै १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web