डुरान्ड कपमा आर्मीलाई सान्त्वना जित

साउन ३०, २०८१ 2024-08-14 मा प्रकाशित
Published at 2024-08-14

109 views

काठमाडौँ । त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा भएको डुरान्ड कप २०२४ मा सान्त्वना जित निकालेको छ । आर्मीले जवाहरलाल नेहरु स्टेडियममा हिजो भएको खेलमा रंगदाजीद फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

समूह ‘एफ’ को पहिलो खेलमा आर्मी आई लिग क्लब सिलोङ लाजोङ एफसीसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा एफसी गोवासँग २–१ ले पराजित भएको थियो ।

रंगदाजिद अङ्क विहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । रंगदाजिदले पहिले खेलमा सिलाङ लाजोङसँग २–० को हार बेहोरेको थियो । दोस्रो खेलमा गोवासँग ४–३ गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.