
धादिङ । धादिङबेसीबाट गत बुधबारदेखि सम्पर्कविहीन भएका तीनजना बालिका बाग्लुङमा भेटिएका छन् ।
नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
धादिङको सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विक गत बुधबार बिहान विद्यालय जान्छु भनी डिँडेकी थिइन् । रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधीखोजी सुरू गर्यो । रोशनीका विषयमा सोधीखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो । तीनैजान कक्षा ९ मा अध्ययनरत हुन् ।
हराइरहेका किशोरीमध्ये तामाङका बुवा साउदीमा प्लास्टिक कम्पनीमा कार्यरत छन् । त्यस्तै, विकका बुवा विष्णु विक पनि वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका उनी हालै मात्रै घर आएका थिए । त्यस्तै गुरुङका बुवा पनि वैदेशिक रोजगारीमा साउदी अरबमै छन् ।
19.87¡ÆC