राष्ट्रिय भू–संरक्षण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन २४, २०८१ मा प्रकाशित | 278 views


काठमाडौँ । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज वन तथा वातावरण मन्त्रालय लगायत विभिन्न सङ्घ संस्थाले अन्तरक्रियाका साथै वृक्षारोपण गर्ने कार्यक्रम छ ।

बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउन एवम् भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।

वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ । संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट ठूलो जनधनको क्षति र वातावरणीय समस्या बेहोर्नुपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web