
नुवाकोट । नेपाली कांग्रेस संगठन विभाग नुवाकोटले एक कार्यक्रमको आयोजना गरी बेलकोटगढी नगरपालिका वडा नं. १० मा रहेकोे जीवनमार्ग मण्डलीलाई जिन्सी सामाग्री वितरण गरेको छ ।
कार्यक्रमममा नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् बहुजातिय राष्ट्र भएकाले सबै धर्मको रीतिरिवाज फरक फरक भएपनि एकअर्कामा सामिप्य रहदै आएको बताउनुभयो ।
जीवनमार्ग मण्डलीका सञ्चालक रमेश तामाङको सभापतित्वमा सञ्चालन भएको कार्यक्रमममा नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि पवित्रा पुडासैनि, नुवाकोट आदर्श बहुमुखी क्याम्पसको सञ्चालक समितीका सदस्य प्रकाश ढुंगाना, समाजसेवी सन्तोश भट्ट, स्थानियद्धय सिता तामाङ र रामचन्द्र लामाले आ-आफ्नो मन्तव्य राख्नुभयको थियो ।
20.23¡ÆC