त्रिशूली । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको विशेष परीक्षाको नतिजामा अहिलेसम्मकै धेरै पास भएका छन । काउन्सिलको अनुसार यो पटक ९१ दशमलव ४५ प्रतिशत उत्तीर्ण भएका छन् ।
उत्तीर्ण नतिजा अहिलेसम्मकै सभैभन्दा धेरै रहेको छ । यसअघिका वर्षमा ६०देखि ६५ प्रतिशतसम्म मात्र उर्तिण हुने गरेका थिए । काउन्सिलका रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार ९७० जनाले फारम भरे पनि ९६६ जना परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये ८७८ जना पास भएका छन् । ६ जनाको नतिजा रोकिएको छ ।
काउन्सिलले यही शुक्रबार र शनिबार लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो । परीक्षामा विभिन्न विधाका ४० विषयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
22.74¡ÆC