दोधारा चाँदनीमा बाढीकै डर

साउन ३, २०७३ मा प्रकाशित
Published at 2016-07-18

1082 views

पप्पु गुरुङ्, ३ साउन ,दोधारा चाँदनी । महाकली र जगबुडा नदीको बहाव तिब्र भए संगै कञ्चनपुरको दोधारा चाँदनीको बिभिन्न भागमा बाढीको त्रास बढेर आएको छ् । महाकाली र जगबुडा नदीमा रहेको कुतियाकवर, शान्ति टोल, बैतिफाँटा तथा प्रधानटोल, सुन्दरनगर, १८ नं. पिल्लर लगाएतका गाँउमा पानीको सतह बढ्न थालेपछि स्थानियहरुमा त्रास छाएको हो । स्थानिय रिता जोशी अनुसार महाकाली र जगबुडा नदी एक आपसमा ठोक्कीदा नदीको पानी ओभरफ्लो भएर गाँउ पस्ने गरेको बताए । महाकाली नदीको बहावको संग जगबुडा नदीको बहाव ठोक्कीदा जगबुडा नदीको पानी दोधारा चाँदनीको शान्तिटोल, बैतिफाँटा तथा कुतियाकवर क्षेत्रमा पस्ने गरेको स्थानिय जोशीको भनाई रहेको छ् । बिगतका दिनहरुमा कुतियाकवर, शान्ति टोल, बैतिफाँटामा नदीको पानी गाँउ पस्दा स्थानियहरु नजिकमा रहेको ओमकार निमाबि तथा अम्बिका उच्च माबिमा शरण लिन बाध्य भएको थिए । महाकाली नदी र जगबुडा नदी दोभानमा बस्दै आएका घरपरिवारले सुरक्षित बासस्थानको माँग गरे पनि समस्याको समाधान हुन सकेको छैन । महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बस्दै आएका स्थानियहरु अहिले महाकाली र जगबुडाको बहाव बढ्दै जादा उनिहरुलाई चिन्ताले सताउन थालेको हो । “कुतियाकबरको नेपाल–भारत सिमा संगै जोडिएको क्षेत्रका भारतिय नागरिकलाई त्यहाको सरकारले अर्को क्षेत्रमा लगेर पुन:स्थापना गरिसक्यो । तर हामीले सभासद लगाएत सरोकारवाला सबै संग ब्यवस्थापन लगाएतका माँग राख्दा समेत अझै सम्म कुनै प्रकारको सुनुवाई समेत भएन्” स्थानिय राजनितिककर्मी गग्न खत्रीले भने । बाढीमा बालबालिका, गर्भवती र वृद्ध वृद्धालाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता रहेको उनको भनाई छ । बिगतमा बाढीले कुतियाकवर क्षेत्रमा ८ जनाको ज्यान जाने गरि गएको बाढीले स्थानियहरुमा त्रास छाएकै छ् । अझै सम्म लाखौको धनमाल क्षती हुदै आएपनि सरकार पक्षबाट नदि नियन्त्रण तथा क्षतिपुर्ती ध्यान नदिएको यहाँका स्थानियहरुको गुनासो बन्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोलमा पुल नहुदा जगबुडा नदीको कारण आवत जावत ठप्प बनाएको छ भने, जगबुडा नदीकै कारण दोधारा चाँदनी नगरपालिका वडा नं. १०, कुतियाकवरमा बिगत लामो समय देखि स्थानियहरु सास्ती ब्यहोर्दै आएका छन् । सरकारले झोलुङ्गे कहिले बनाईदेला भन्ने पर्खाईमा स्थानियहरु बस्दै आएका छन् । स्थानिय ज्ञानेन्द्र बहेक क्षेत्री अनुसार दोधारा चाँदनीको बाढीपिडितको समस्या सरकारले समयमा समाधान गर्दै लग्दै जानु पर्ने बताएका छन् । महाकाली नदी र जगबुडा नदीको बाढको कारण तटिय क्षेत्रका कयौं स्थानिय जाग्रम बस्दै आएको स्थानिय बहेक क्षेत्रीको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकाले बाढी गस्त पहिचान भएका क्षेत्रमा बिभिन्न प्रकारको योजना गरेको नेकपा (एमाले) जिल्ला कमिटि सदस्य तथा दोधारा चाँदनी नगरपालिका सर्वदयि सयन्त्रका सदस्य राजिव खड्काले बताउनुभएको छ् । “कुतियाकवरमा ग्रबेङ्गि, जामुनाघारीमा बृक्षरोपण लगाएत दर्जनौ दोधारा चाँदनीको बाढी प्रभावित क्षेत्रमा नगरपालिकाले बजेट बिनियोजन गरिसकेको छ्” सयन्त्रका सदस्य राजिव खड्काले बताए । खड्का अनुसार दैवि प्रकोप भएको अवस्थामा नगरपालिकाले तत्कालै निर्णय गर्न सक्ने अवस्था रहेको खड्काको भनाई छ् । यता तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुलाई सजग रहन प्रहरीले खबर गरेको छ् । बाढको कारण दोधारा चाँदनीका ४ सय भन्दा बढी घर पुर्णरुपमा प्रभाबित हुदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.