काभा महिला भलिबल लिगमा नेपालको विजयी शुरुवात

साउन १७, २०८१ 2024-08-01 मा प्रकाशित
Published at 2024-08-01

108 views

काठमाडौँ । काभा महिला भलिबल लिगमा नेपालले विजयी शुरुवात गरेकाे छ । आज भएकाे उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३–० काे साेझाे सेटमा हरायाे ।

काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएकाे खेलमा नेपालले पहिलाे सेट २५–१९, दाेस्राे सेट २५–१८ र तेस्राे सेट २५–१९ ले जित्याे । जीतसँगै नेपालले ३ अङ्क जाेडेकाे छ । आजको खेलमा नेपालका सुमित्रा रेग्मी र आरती सुवेदीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । आजै अर्काे खेलमा बेलुकी सवा ६ बजे इरान र भारत खेल्दैछन् ।

अब नेपालले दोस्रो खेलमा भोलि भारतसँग, तेस्रो खेलमा २ गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.