२ साउन, काठमाडौं ।
नेपाली काँग्रेसका महामन्त्री डा शशाङक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।

उपचारमा संलग्न चिकित्सक डा हरिश जोशीले दुई दिनमा औषधिको मात्रा पूरा हुने र त्यसपछि महामन्त्री कोर्इंरालालाई घर पठाइने जानकारी दिनुभयो ।

उहाँको रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रासामान्य अवस्था आइसकेको डा जोशीले बताउनुभयो ।

महामन्त्री कोेइराला अकस्मात् स्वास्थ्य अचानक गम्भीर भएपछि उहाँलाई गत असार २१ गते ओम अस्पतालमा भर्ना गरिएको थियो ।

15.25¡ÆC